मुख्यमन्त्री गुरुङद्वारा भुम्य पर्वको शुभकामना

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Prithvi Subba Gurung

फाइल फाेटाे ।

पोखरा, १ असार । मगर समुदायको साँस्कृतिक चाड भूम्या पर्व –२०७७ को अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रहेका मगर समुदाय प्रति शुभकामना व्यक्त गरेका छन् ।

मगर समुदायको रीति र परम्परा अनुसार प्राकृतिक प्रकोप नलागोस्, अन्न उव्जनी राम्रो होस् र रोग–व्याधी नलागोस् भनि आफु वसोवास गर्ने भूमिलाई देउताको रुपमा पूजा गरी हरेक वर्षको असार १ गतेका दिन भूम्या पर्व मनाइन्छ ।

वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएको शुभकाना सन्देशमा छ ।

कोभिड–१९ को विरुद्धमा अझ एकतावद्ध भई जुध्न, वर्षा याममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन समेत आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत उनले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width