तनहुँमा ट्याक्टर दुर्घटना १३ जना घाइते

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Accident

तनहुँ, १ असार । तनहुँ  जिल्लाकाे व्यास नगरपािलका -५ अलैचेमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

सोमबार व्यास–५ चापाघाट, दमौलीबाट मानुङकोट जादैं गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी नवराज तिमिल्सिनाले अनुसार दुर्घटनामा परि घाइते भएकाको दमौली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।’ उनीहरुको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अन्य १० जना घाइतेको दमौली स्थित दमौली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । नयाँ ट्याक्टर (अन टेष्ट) का रुपमा रहेकाले नम्बर नभएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width