पोखरा, ३२ जेठ । क्षत्री समाज नेपालले राष्ट्रिय अस्मिता, राष्ट्रिय सार्वभौमिकता, अखण्डता माथि अमेरीकी सहयोग मार्फत ल्याउन लागिएको एम.सी.सी. को भत्र्सना गरेको छ ।
विश्व यतिबेला कोभिड–१९ को महामारीबाट ग्रस्त भई सोको कारण सम्पूर्ण देश आक्रान्त भएको बेला सरकार सहयोगी अभिभावक भई जीवन रक्षामा लागेका केही विकास र धनराशिको लोभमा सत्तापक्ष र विपक्ष मिली गर्न लागिएको सम्झौता देश विरोधी, राष्ट्रघाती कार्य भएकोले सो कार्य तुरुन्त रोक्न समाजको तर्फबाट केन्द्रीय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्री र महासचिव केशबहादुर केसीद्वारा जारी विज्ञप्ति मार्फत जोडदार माग गरिएको हो ।
सबै पार्टी नेता, कार्यकर्ता र आम समुदाय राष्ट्रको पक्षमा उभिएर राष्ट्रको विरुद्धमा हुने हरेक गतिविधिमा सजक रहन र परिआए कडा आन्दोलनमा पनि उत्रिन समाज तयार रहेको छ विज्ञप्तिमा भनिएको छ, विगतमा पनि राष्ट्र, राष्ट्रियता र जातीय सद्भावका लागी आमजातीको नेतृत्व दायी भूमिका खेलेको समाजले सरकारको एकतर्फी रबैया होस वा माननीयको नाउँमा सरिता गिरीबाट व्यक्त गरीएको राष्ट्र विरोधी भनाईलाई अविलम्ब कारवाहीको समेत माग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्णबहादुर थापाले बताए ।
समाजले यस अघि भारततर्फबाट मिचिएको नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगाएतको भूमि अतिक्रमण गरिएकोमा देशव्यापी विरोध जनाए पश्चात सरकारले सो भूमि समेटी प्रकाशित नेपालको नक्शा प्रति औपचारिक रुपबाट सम्पूर्ण भूमि समेटिएकोमा धन्यवाद ज्ञापन गरिएको छ । समाजले आम नेपालीको जनजीवनलाई मध्यनजर गर्दै ठोस राहत, सहयोग व्यवस्थापन गर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । जातीय सद्भाव भड्कने केही गतिविधिहरु भएकोमा आम नेपाली एक भई त्यस्ता गतिविधि नगर्न नगराउन र कोही कसैबाट कुनै जातिविरुद्ध नलागी कानुन संवत कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराईएको छ ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१