केही स्थानमा भारी वर्षाको सम्भावना

रासस
जेठ ३२, २०७७
monsoon-rain-delhi-pti

फाइल फाेटाे

काठमाडौँ, ३२ जेठ । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशको प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको तराईका भूभाग तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशभर पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रही प्रदेश नं १, २, गण्डकी र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width