वर्षासँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७७
Truck-highway – Copy

बागलुङ, ३२ जेठ । मनसुन शुरूवातसंगै दिनहुँ पानी परेपछि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अबरुद्ध बन्दै गएको छ ।

दिनहुँ पानी पर्न थालेपछि बागलुङ जिल्ला बडिगाड , गलकोट ,निसी ,बिहुँ ,बागलुङ नगरपालिका खण्ड ठाउँ ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध बन्न पुगेको हो । गाउँ गाउँमा मोटर बाटो लैजान मनपरि ढंगले खनिएका सडक समेत बर्षाले बगाएर ल्याएको कारणले पनि मध्यपहाडीलोकमार्ग जोखिम बन्दै गएको छ ।

सडक ठाउँ ठाउँमा वर्षासंगै आएको भेलले बगाएपछि बिग्रेको सडक कसले बनाउने भन्ने कुराको ठेगान लाग्न नसक्दा यश क्षेत्रमा यात्रा गर्ने यात्रुहरू समस्या परेका छन् । समयमै सम्पन्न गर्ने भनेर कामको जिम्मेवारी लिएको ठेकेदार कम्पनीहरू कोरोना भाइरस कोभिड १९ लाइ लक्षित गरि बन्दाबन्दी भएपछिसडकको काम गर्ने मजदुर नभएको भन्दै काम गरेका छैनन् ।राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाको १४३ किलोमिटर सडक मध्ये३० किलोमिटर कालोपत्रे गर्न बाकी रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width