पोखरा, ३२ जेठ । पोखरा महानगरपालिका-१३ र मादी गाउँपालिका-५ जोड्ने विजयपुर खोलामाथिको मोटरेवल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । काउँखोला, सिक्लेस, दूधपोखरी सडकखण्डमा पर्ने सो पुल सङ्घीय सरकारको रु पाँच करोड ६५ लाख लागतमा निर्माण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विसं २०७५ मङ्सिरमा शिलान्यास गरेको सो पुल निर्माणको ठेक्का रायमाझी द क्याराभान जेभी काठमाडौँ ठेकेदार कम्पनीले पारेको थियो । डबल स्पान प्रविधिबाट निर्मित ५७ मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुलको दायाँबायाँ रेलिङ राख्ने र पैदलमार्गको काम मात्र बाँकी छ । असार मसान्तसम्ममा सम्पूर्ण काम सम्पन्न हुने ठेकेदार कम्पनीका इञ्जीनियर विजय थकालीले जानकारी दिए ।
पुलको पूर्वउत्तरको भागमा रु दुई करोड लागतमा लगभग ४०० मिटर लम्बाइमा ग्याभिन तारजाली भर्ने काम भइरहेको छ । तारजालीबाट मोटरेवल पुलसँगै स्थानीय फाँटको समेत संरक्षण हुने प्रदेशसभा सदस्य मनबहादुर गुरुङले बताए । उनका अनुसार काउखोलाबाट पर्यटकीय गाउँ सिक्लेस हुँदै हिमालपारिको जिल्ला मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत नवनिर्मित पुलदेखि १० किलोमिटर बाटो निर्माण भइरहेको छ ।
प्रदेश सरकारको रु २२ करोड ५० लाख लागतमा निर्माण भइरहेको सो बाटोको स्तरोन्नति गरी कालोपत्र गर्ने कार्यक्रम रहेको उनले बताए । बाँकी झण्डै ७० किलोमिटर सो सडक क्रमागतरूपमा निर्माण गरिने कार्यक्रम रहेको उनको भनाइ छ । पक्की पुल निर्माणसँगै बाह्रै महिना यातायातको सुविधा पुग्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले बाटोको स्तरोन्नतिसँगै मादी गाउँपालिकाका स्थानीय बासिन्दाको आयआर्जनसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१