धौलागिरि अस्पतालबाट २ जना डिस्चार्ज

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
baglung-folks-provide-health-and-safety-supplies-to-dhaulagiri-zonal-hospital

बागलुङर,३१ जेठ । बागलुङ जिल्लाको धौलागिरि अस्पतालबाट कोरोना संक्रमित २ जना संक्रमित नभएको रिपोर्ट आएपछि बिरामी डिस्चार्ज भएका छन् ।

जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका तमानखोलाका २१ वर्षीय २ जना पुरुषलाई आज डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने प्रावधान भएपनि तमानखोलाका २ जना युवालाई १७ दिनपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताए ।सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिका अनुसार कोरोना संक्रमित व्यक्तिहरुमा संक्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिन पछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको थियो ।

यस्ता बिरामीबाट कोरोना संक्रमण अन्य व्यक्तिमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने अस्पतालका मेसु डा. पोखरेलले जानकारी दिए । ‘टेस्ट गर्न आवश्यक छैन भनेर मन्त्रालय र डब्लुएचओले भनेपछि फेरि परीक्षणको झञ्झन्टतिर लाग्नुपरेन’ मेसु डा. पोखरेलले भने –‘यसले ल्याबमा अनाश्यक चाप, दवाब र खर्च भएन ।

डिस्चार्ज भएकाहरुलाई अस्पतालबाट घरमा गएर थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको अस्पतालका सूचना अधिकारी गौतमले बताए । उनले गाउँपालिकाले पठाएको सवारीमा उनीहरुलाई घर पठाइएको बताए ।यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या ८ पुगेको छ । यसअगाडी बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका २र२ जना घर फर्किसकेका छन् ।बागलुङ जिल्लामा अहिले १४ सय जना भारत बाट आएका ब्यक्तिहरू क्वारेन्टाइनमा बसिरहेका छन् ।३२ जना कोरोना संक्रमित बिरामी अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width