पोखरा, ३१ जेठ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालीकै भोगचलन हुने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशले आयोजना शिक्षक प्रशिक्षणको समापन समारोहमा अर्यालले भारतले आफ्नो सेनाको व्यवस्थापन गर्ने र नेपालको भूमि नेपालले नै भोगचलन गर्न दिनेमा भारत संवदेनशील बन्ने बताए ।
यस विषयमा नेपाल सरकार कटिबद्ध भएर त्यस कुरामा लागेको र कतै खुट्टा कमाउँछ कि भनेर सशंकित नहुन आग्रह सबैमा आग्रह गरे भारतलाई आफ्नो भूभाग हो भनी प्रमाण प्रस्तुत गर्न चुनौति दिए । इतिहासमै पहिलोपटक नक्सामा आफ्नो भूभाग समेट्नु ठुलो कुरा हो र अबको चुनौति हाम्रो भूभागबाट भारतीयलाई हटाउने रहेको छ अनि त्यो छिट्टै टुङ्गो लाग्छ, अर्यालले भने । भारतसँग कुटनीतिक वार्ताका लागि पटक पटक पत्र पठाउँदा पनि त्यसलाई बेवास्ता गरेको हुनाले सरकारले नक्सा प्रकाशन गरेको र यसमा सबै नेपाली एक भएको बताए ।
अर्को प्रसङ्गमा अर्यालले समाज परिवर्तनको संवाहक शिक्षकले भविष्यमा विचार र विश्लेषण गरेर नयाँ सोच निर्माण गर्ने जनशक्ति निर्माण गर्नु पर्नेमा जोड दिए । असल र राम्रा सोच विकास गर्न जग हाल्ने व्यक्ति नै शिक्षक हुन् भन्दै यो भूमिका शिक्षकले नै गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष वक्ताहरु नेपाल प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सल्लाहकार परिषद नेकपाका अध्यक्ष एवं सहकारी विज्ञ र राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले अबको शिक्षा सूचना र प्रविधिमा जोडिनुपर्नेमा जोड दिँदै शिक्षकहरुले नै देशको मुहार फेर्नमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । भविष्यका कर्णधार बालबालिकाका भविष्य निर्माण कसरी र कस्तो बनाउने भन्नेमा शिक्षकको हातमा रहेको बताएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेलले कतिपय नेताहरुले अहिले शिक्षकहरु सुतिरकेका भन्ने अभिव्यक्तिको खण्डन गर्दै शिक्षकहरु सुतेका हैनन् झन् अहिले जागेको बताए । कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षकहरुलाई वैकल्पिक माध्यमबाट शिक्षक विद्यार्थीमाझ कसरी पुग्न सकिन्छ भन्नेमा अध्ययन गरेर अनलाइन कक्षा सञ्चालनबारेमा शिक्षक प्रशिक्षण गरिसकेका जनाउनुभयो ।अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति गण्डकी प्रदेशका सचिव तीर्थ बस्नेतले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१