म्याग्दी ,३० जेठ । नेपाल तरुणदल,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् ।
नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पताल परिसरमा सम्पन्न सो रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरेका तरुणदल म्याग्दी सचिव नगेन्द्र मल्लले जानकारी दिए ।
लकडाउमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको तरुणदल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले बताए । सभापति गर्बुजाले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीवन बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने र कार्यक्रमको आयोजना गर्ने नेपाल तरुणदल म्याग्दीप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्री,जिल्ला सदस्य ,कर्मचारी ,जनप्रतिनिधि लगायतले रगत दान गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति माधवप्रसाद रेग्मी ,सचिव क्याप्टेन मिनबहादुर कार्की ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
बगर भाइखलक युकेमा ओम
क्वोने (घोताने/घोन्डे) गुरुङ समाज युकेको नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज
संगीतकार सुरेश सम्मानित
टाइगर कपको अन्तिम तयारी
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१