मणिपालमा उपचाररत बिरामीमा कोरोना, न्यूराे आइसियू बार्ड बन्द गरिने

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
Manipal College of Medican Sciences and Teaching Hospital in Pok

पोखरा, ३० जेठ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भेटिएको छ।

दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको न्यूरो आईसीयू बार्ड नै बन्द गरिने भएको छ। २२ जेठमा सडक दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएकोमा २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।

यता, मणिपाल शिक्षण अस्पतालले न्यूरो आईसीयु बार्ड बन्द गर्ने जनाएको छ । अस्पतालमा कार्यरत डाक्टर, डाक्टरसहित १२ जना गरी अस्पतालकै क्वारेन्टाइनमा बस्ने जनाइएको छ । कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन बार्डमा ल्याइएको छ।

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र नवलपुरमा १/१ जनामा संक्रमण भेटिएको हो ।

योसँगै प्रदेशमा संक्रमितको कुल संख्या १ सय ८८ पुगेको छ । तीमध्ये १ जनाको मृत्यु र ११ जना निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width