गण्डकी प्रदेशका चार जिल्लामा ३७ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुग्याे

राजेशचन्द्र राजभण्डारी
जेठ ३०, २०७७
corona

बागलुङ, जेठ ३० । गण्डकी प्रदेशमा शुक्रबार विहान थप ३७ जनालाई संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा चार जिल्लाका ३७ जनालाई संक्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

निर्देशक डा. शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिकाका १९, २३, २९, ३७, ४५, २८, २०, २८ वर्षका ८ जना पुरुष छन् । यस्तै कुश्मा नगरपालिकाकै एक जनाको उमेर खुलेको छैनभने एक जना ३५ बर्षका पुरुष पोखराको मणिपाल अस्पतालमा उपचाररत रहेको जनाएका छ।

यस्तै पर्वतको पैयुँ गाउँपालिकाका २० वर्ष र विहादी गाउँपालिकाका ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छभने ३२ बर्षका एक पुरुषको भने ठेगाना १ जना, विहादी गाउँपालिकाका १ जना र १ जनाको ठेगाना नखुलेको जनाएको छ।

यस्तै स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्षका पुरुषलाई संक्रमण पुष्टि भएको छभने अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षिय बालक र ठेगाना नखुलेका ४ बर्षिय बालकमा समेत कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले बताए।

यस्तै तनहुँको पिरिङ गाउँपालिकाका १९ बर्षिय एक पुरुष र नवलपरासी (वर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाका १७ बर्षिय एक किशोरमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ । त्यसमध्ये १ जनाको मृत्यु भएको छ भने ११ जना निकोभइ घर फर्किएका छन् ।

गण्डकी प्रदेशका क्वारेन्टाइनमा बस्ने सयौं ब्यक्तिहरूकाे स्वाव परिक्षण हुन नसक्दा काेराेनाकाे जाेखिम झनै बढेर गएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width