सरकारविरुद्ध प्रदर्शन गर्नेलाई कारबाही चेतावनी

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७७
103628204_182196769877069_6694852287471573700_n

पोखरामा बिहीबार सरकारविरुद्ध भएको प्रदर्शनमा युवा । तस्वीर: दुर्गाप्रसाद पौडेल

गृह मन्त्रालयले लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही चेतावनी दिँदै सरकारविरुद्ध सडकमा प्रदर्शनी हुन नदिने जनाएको छ ।

देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृहले विज्ञप्ति जारी गरी कारबाही चेतावनी दिएको हो।

केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न सक्ने

लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्ने उल्लेख गरेका छन्।

लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न सक्ने गृहले चेतावनी दिएको छ ।

कोरोना नियन्त्रणमा सरकारको कामकारबाही फितलो रहेको भन्दै बिहीबार पोखरालगायत देशभरका विभिन्न ठाउँमा सयौं मानिस प्रदर्शनमा उत्रिएका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width