बागलुङ, २८ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए. बद्रीकुमार गरागाई पुन नियुक्ती हुने भएका छन् ।
बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाईलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । २०७५ साल पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरागाईको समयावधी सकिन ६ महिना पहिला नै बैंक सञ्चालक समितिले पुनः ४ वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए । म्याद सकिन भन्दा ६ महिना पहिला प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नु पर्ने बैंकको प्रावधन रहेको छ । त्यस भन्दा पहिला नायव महाप्रवन्धकका रुपमा गुरागाईले काम गरेका थिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत पूर्व प्रमुख कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईको सहकारी क्षेत्रमा लामो अनुभव छ । देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि गुरागाईको थप योगदान हुने ठहरका साथ आगामी ४ वर्षका लागि म्याद थप गरिएको वैठकका सहभागीले बताएका छन् ।
सञ्चालक समितिको निर्णय, सदस्य संघ संस्थाहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरेर सहकारी क्षेत्रमार्फत देशको समग्र आर्थिक तथा सामाजिक योगदानमा प्रतिफल दिने गरी सहकार्य गरेर अगाडि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले प्रतिवद्धता व्यक्त गरेका छन् । बैंकको वैठकले कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरुको कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधीमा पाकेको ब्याजको १० प्रतिशत छुट दिएकोमा असार १ गतेदेखि २ प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । वचत र कर्जामा बढीमा २ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए ।
नेपालको संविधान २०७२ को प्रावधान अनुसार मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रसंगको सहकार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आव्हान गर्ने, ७ सय ५३ वटै स्थानीय तहहरुलाई बजेट निर्माणका क्रममा राष्ट्रिय सहकारी बैंक सहित सहकारी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्नका लागि सुझाव दिने निर्णय वैठकले गरेको छ । बैंकका सञ्चालक तथा प्रदेश नं. १ का संयोजक महेन्द्र गिरीका पिता बम बहादुर गिरीको २०७७ जेठ २४ गते भएको निधनप्रति दुख व्यक्त गर्दै वैठकले मृतकप्रति श्रद्धाञ्जली परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१