स्याङ्जा, २८ जेठ । स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोनालाई जितेर बुधबार घर फर्किएका छन् । जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा बसेका ६ जना मध्ये ३ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको जिल्ला अस्पताल स्याङ्जाका फोकलपर्सन डा. अञ्जु अर्यालले बताइन् ।
वालिङ नगरपालिकाका २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय २ पुरुष गरी ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो भने अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको फोकलपर्सन डा. अर्यालले बताए ।
स्याङ्जा जिल्लाभित्र पहिलो पटक कोरोना पुष्टि भएकाहरुमध्ये कोरोनालाई जितेर घर फर्कने ३ जना पहिलो संक्रमितहरु हुन् ।
गण्डकीमा हालसम्म १० जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्केका छन्
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितले कोरोनालाई जितेर घर फर्केकाहरुलाई बुधबार बिदाइ गरेका हुन् । उच्च मनोबल, धैर्यता र आत्मबलका कारण कोरोनालाई जित्न सफल भएको संक्रमितहरुले बताएका छन् । वालिङ नगरपालिकाका पुरुष जेठ १३ मा र गल्याङका पुरुषहरुमा जेठ १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वालिङ नगरपालिकाका ४ जना र गल्याङ नगरपालिकाका २ जना संक्रमितलाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा राखेर उपचार भईरहेकोमा जेठ २२ गते दोस्रो पटक स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा बुधबार ३ जनामा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको फोकलपर्सन डा. अर्यालले बताइन् ।
हाल जिल्ला अस्पताल स्याङ्जामा ३ जना र कालिका सामुदायिक अस्पताल हेलुमा रहेको आइसोलेसनमा ३१ जना गरी कूल ३४ जना संक्रमित उपचाररत छन् ।
यसअघि स्याङ्जाको वालिङ नगरपालिका ३ का एक बृद्धको कोरोनाकै कारण पोखरामा उपचारक्रममा मृत्यु भइसकेको छ । हालसम्म स्याङ्जामा संक्रमितको संख्या ३८ पुगेको छ ।
स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसनमा वालिङ नगरपालिकाका अरु ३ जना अझै उपचाररत छन् ।
उता, भीरकोट हेलुस्थित कालिका सामुदायिक अस्पतालमा वालिङका २२ जना, चापाकोटका ४ जना, हरिनास गाउँपालिकाका २ जना, कालीगण्डकी गाउँपालिका, भीरकोट नगरपालिका, विरुवा गाउँपालिकाका १/१ गरी ३१ जना उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।
बागलुङका बुधबार नै ४ जना डिस्चार्ज भएका छन् । योसँगै गण्डकीमा हालसम्म १० जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्केका छन् ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१