महामारी नियन्त्रण गर्न प्रमुख विपक्षी दलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

रासस
जेठ २८, २०७७
Nepali-Congress-Party-Office

काठमाडौँ, २८ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन तथा जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको यही जेठ २६ गतेको बैठकले त्यस सम्बन्धमा गरेका निर्णय समेटिएको ध्यानाकर्षणपत्र पार्टीका नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।

कोभिड–१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा सङ्क्रमितको उपचार, परीक्षण, क्वारेन्टिन व्यवस्थापन, औषधि–उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड–१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायतका विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा प्रमुख विपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपङ्क्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको व्यक्तिगत सुरक्षाको प्रबन्ध र प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ । संसद् कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षाजस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था कृषि र खाद्य सुरक्षामा ध्यान दिन सरकारसँग अनुरोध गरिएको छ ।

त्यसैगरी, बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने माग पनि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width