स्याङ्जाका ३ जनाले कोरोना भाइरस संक्रमण जिते

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
3 win corona

स्याङ्जाका ३ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । कोरोना भाइरस संक्रमण जितेको उनीहरुलाई जिल्ला अस्पताल स्याङजाबाट बुधवार डिस्चार्ज गरी घरघरमा पु¥याइएको छ ।

कोरोना जित्नेहरुमा वालिङ नगरपालिका वडा नं. १३ का २१ वर्षीय र गल्याङ नगरपालिका वडा नं. ६ का २७ र वडा नं. ७ का ४० वर्षीय पुरुष हुन । उनीहरुलाई अस्पतालले २ हप्ता होम क्वारेन्टाईनमा बस्नेगरी बिदाईगरी एम्बुलेन्स चढाएर घर पठाएको हो । जिल्ला अस्पतालको आईसोलेसनमा राखिएका ६ जना मध्ये ३ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । अस्पालतका कोरोना फोकल पर्सन डाक्टर अन्जु अर्यालले भनिन्–३ जनाको भने पोजेटिभ देखियो । दोश्रो पटक गरिएको पीसीआर परीक्षणमा ३ जनाको नेगेटिभ आएको हो भने ३ जनाको पोजेटिभ ।

जेठ २२ गते अस्पतालमले संक्रमित ६ जना र उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीको पीसीआर परीक्षणका पोखरा पठाएको थियो । जसमा संक्रमित मध्ये ३ जना र स्वास्थ्यकर्मीं ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. सुशील मरासीनीले बताए । जेठ ११ गते उनीहरु लगायत ५४ जनाको समूह स्याङजा आएका थिए । बिभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म आएका उनीहरु सुनौलीबाट भने आ आफना स्थानीयतहमा आइपुगेका हुन ।

उनीहरुलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा, अस्पतालका मेसु डा. सुशील मरासीनी लगायतले बिदाई गरेका छन् । बुधवार कोरोना मुक्त भएका वालिङका पुरुष जेठ १३ मा र गल्याङका पुरुषको १८ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । अव जिल्ला अस्पतालको आईसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा एक महिला सहित ३१ जना उपचारत छन् । स्याङ्जाका कोरोना संक्रमण देखिएक ६० वर्षीय एक पुरुषकोे निधन भईसकेको छ । हाल जिल्लामा संक्रमितको संख्या अब ३४ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width