सङ्क्रमित महिलाको शल्यक्रिया सफल

उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जना क्वारेन्टिनमा

रासस
जेठ २८, २०७७
OT

प्रतीकात्मक तस्वीर

राँझा, २८ जेठ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ।

अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहनुभएकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो।

डा प्रदीप थापा, डा आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो । महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो।

भारतबाट आएर क्वारेन्टिनमा रहेको अवस्थामै बिरामी भएकाले नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको थियो।

उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ। अस्पताललाई पूर्णरूपमा स्यानिटाइज गरी बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याइने अस्पतालका सहनिर्देशक डा नितेषकुमार कनोडियाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width