पहिलाे संक्रमितकाे सम्पर्कमा आएका ३९ जनाकाे रिपाेर्ट नेगेटिभ आएपछि पाेखरेलीमा खुसी

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
pokhara-swasthya-bigyan-pra

पोखरा, २८ जेठ। पोखराबाट काठमाडौं रेफर ६० वर्षीय पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी उनीहरुमा कोरोना संक्रमण नभएको अर्थात् नेगेटिभ रिपोर्ट आएको स्पष्ट पारेको हो।

पोखरा ८, सिमलचौर निवासी ती पुरुष अघिल्लो मंगलबार घरकोठामा बेहोस अवस्थामा भेटिएपछि थप उपचारार्थ हेलिकोप्टरमार्फत काठमाडौं ह्याम्स अस्पताल पुर्याइएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोभिड–१९ पुष्टि भएको जनाएको थियो। समुदायस्तरमै कास्कीमै पहिलो पटक ती पुरुषमा कोरोना पुष्टि भएपछि एक किसिमको त्रास सिर्जना भएको थियो। जसका कारण ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङअन्तर्गत ३९ जनाको ३ दिनअघि स्वाब संकलन गरिएको थियो।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि पोखरेलीमा खुसी छाएको छ। सामाजिक सञ्जालमा भने अघिल्लो रातिदेखि नै पोखरेलीको लागि खुसीको कुरा भन्दै सूचना आदानप्रदान गरेको पाइन्थ्यो । स्वास्थ्य निर्देशनालयले भने बुधबार बिहानमात्र आधिकारिकरुपमा विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो। ती ६० वर्षीय संक्रमित पुरुष पेसाले अधिवक्ता र प्राध्यापक भएकोले उनको सम्पर्कमा पोखराका ‘भीआईपीहरु’ नै बढी थिए।

उनलाई २ जनाले हेलिकोप्टरमै काठमाडौं पुर्याएर सोही दिन फर्किएका थिए । पहिलो चरणमा ३९ जनाको कन्ट्याक्ट ट्रेसिङ भएकोमा आवश्यकता अनुसार अरुको पनि गरिँदै जाने स्वास्थ्य निर्देशनालयले जनाएको छ । उता, प्रदेशमा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या कुल १४५ पुगेकाे छ । बुधबार थप १ मा काेराेना भेटिएकाे हाे।

गण्डकीमा मंगलबारमात्रै २४ जनामा कोरोना संक्रमण भेटिएको थियो । कुल १४५ संक्रमितमध्ये १ जनाको मृत्यु र ३ निको भएका छन् । आइतबार राति स्याङ्जा वालिङका ५८ वर्षे पुरुषको पोखरामा उपचारक्रममा मृत्यु भएको थियो । तीमध्ये कास्कीका अन्य ४ जना कोरोना संक्रमित छन् । भारतबाट आएका संक्रमित उनीहरु सबैको आइसोलेसन कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width