वैकल्पिक प्रणालीद्धारा विद्यार्थी सिकाइ अनलाइन क्लासः शिक्षक नेता बाबुराम थापा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७७
baburam

पोखरा, २७ जेठ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले वैकल्पिक सिकाइको आधारमध्ये अनलाइन क्लास पनि एक भएको बताएका छन् ।

कोरोनाको कहर, लकडाउनको विषम परिस्थिति र विद्यालय खुल्न नसकिरहेको अवस्थामा अनलाइन नै सर्वेसर्वा आधार नभएता पनि एक वैकल्पिक उपाय भएको उनले बताए । सबै विद्यार्थी तथा अभिभावकमा पहँुच नभएता पनि जसलाई जे उपाय सहज हुन्छ त्यही तरिका अपनाएर सिकाइ गर्नुपर्नेमा उनको जोड थियो । व्यापार, व्यवसाय, पेसा, शिक्षा, अर्थलगायत सबै क्षेत्र डामाडोल भएता पनि परिस्थितिजन्य उपाय अपनाउँदै राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नु अत्यन्त प्रशंसनीय भएको उनले बताए ।

त्यस्तै कार्यक्रमको समीक्षा गर्दै प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेलले विद्यार्थीलाई भाषा र यसको सही प्रयोगमा वक्तृत्व कला निकै महत्त्वपूर्ण भएकाले उत्कृष्ठ प्रस्तुतिका लागि सुधारसहित सफलताको शुभकामना दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवराज उपाध्यायले आजको सूचना र प्रविधिको युगमा शिक्षालाई प्रविधिमा जोडिन सहज भएको भन्दै विद्यार्थीको प्रस्तुतिहरु उत्कृष्ठ भएको बताए ।

वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहरु सहभागी मध्ये प्रतियोगिताको पाँचौँ दिन सिकाइमा सामाजिक सञ्जाल, प्रयोग र सम्भावना भन्ने शीर्षकमा लुना न्यौपाने, महिमा मल्ल, मनु न्यौपाने, मोनिका जिसी, नजमुल हक, निमा घले, निम्न सेन्चुरी, निश्चल तामाङ, प्रगति अधिकारी र प्रकाश उपाध्याय गरी १० जना विद्यार्थीले वक्तृत्व प्रस्तुत गरेका थिए ।

प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका छन् ।विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला कार्यक्रमको सातौँ दिन बुधबार समृद्धिका लागि राज्यका तयारी, स्वदेशी उत्पादन र रोजगारी विषयमा प्रस्तति रहने संगठनका अध्यक्ष रोमहर्षण पौडेलले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा आदर्शमा शान्ति शिक्षा

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक…
  • हिलसाइडमा बुद्धिचाल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । हिलसाइड अंग्र्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । हालै विद्यालय प्राङ्गणमा एक समारोहबिच…
  • आधारभूत सीप प्रदान गर्न पाठ्यक्रम तयार : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका…
  • शान्ति भूपू विद्यार्थी मञ्चमा तारानाथ

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखरा १६ जुम्लेटीस्थित शान्ति भूपू विद्यार्थी मञ्च अध्यक्षमा तारानाथ आचार्य चयन भएका छन् । मञ्चको शनिबार छैटौं अधिवेशनले…
  • जनप्रकाशमा पुनर्ताजगी तालिम

    आदर्श समाज सम्वाददाता जेठ १२, २०८१
    पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ मा विश्वविद्यायल अनुदान आयोग सहयोगमा आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ । क्याम्पसको…

hero news full width