पूर्वी नवलपरासीका १२ जनामा कोरोना संक्रमण

रामकुमार श्रेष्ठ
जेठ २७, २०७७
corona

नवलपरासी, २७ जेठ । पूर्वी नवलपरासीका १२ जनामा कोरोना संक्रमण पोजेभिट देखिएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

ति सबै बौदीकाली गाउँपालिकाका हुन्। ति सबै पुरुष हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार बौदीकाली २ का १९ र ३० बर्षका २ जना पुरुष, बौदीकाली ३ का ३० बर्षीय १ जना पुरुष, बौदीकाली ४ का १८, १८, १९, २०, २१, २२, २२, ३० र ४० बर्षका गरी ९ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

बौदीकालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या नवलपुरमा ३४ पुगेको छ । सोमबार कावासोतीका ३ जना र गैडाकोटका २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आइतबार नवलपुरको ४ जनामा कोरोना संक्रमण भेटिएको थियो।

Related News

सम्बन्धित समाचार

  • स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको छ : महामन्त्री लामिछाने

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगत्मा हस्तक्षेपको काम भइरहेको बताएका छन् । नेपाल प्रेस…
  • जल्धारे टोलविकासमा महेन्द्र

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । जल्धारे टोल विकास सस्थाकाको १० औ साधारणसभा तथा सातौ अधिबेशनबाट दोस्रो कार्यकालका लागि महेन्द्र ढुंगाना अध्यक्षमा निर्वाचित भएका…
  • पञ्चासेमा प्रदेश प्रमुख

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उनले पारिस्थितिकीय…
  • कहिले बन्छ कोरला नाकामा पूर्वाधार ?

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी। उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको…
  • पोखरा आदर्शमा शान्ति शिक्षा

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक…

hero news full width