नेपालका रविन्द्र मानन्धर ईन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसीपको फाइनलमा

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
Manandhar Rabindra

पोखरा । नेपालका कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसीप–२०२० को फाइनलमा स्थान बनाएका छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसीपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ देखि ४५ बर्ष उमेर समूहको ‘ए’ बाट फाइनल प्रवेश गरेका हुन् । उनले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । अव उनले उपाधीका लागि फाइनलमा स्पेनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाइएको अनलाइनल च्याम्पियनसीपमा ३५–४५, ५५, ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराइएको छ । नेपालबाट सो च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् ।

अन्य बिधाको सेमिफाइनल सम्पन्न भएसँगै फाइनल जुन १३ तारिखमा आयोजना हुनेछ । बिजयी खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ । विगत १ महिनादेखि संचालन भइरहेको च्याम्पियनसीपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुयला लगायतको खेलाडीहरुको सहभागिता थियो ।

कोभिड १९ बाट बिश्व अक्रान्त भइरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाइनमार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियाशील बनाउँदै आइरहेका छन् । त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसीपको आयोजना गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width