आर्थिक अभावका कारण उपचारमा समस्या

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
feature image

लेखनाथ, २६ जेठ । पोखरा महानगरपालिका वडा नं २६ भञ्ज्याङ्ग टोल निवासी २२ वर्षीय शंकर पौडेलको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । तीन महिना अघि मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका पौडेल उपचारका लागि आवश्यक रकमको अभाव भएपछि घरमै पीडा सहेर बस्न बाध्य भएका हुन ।

५ वर्ष अघि नै घर छोडेर हिँडेका उनका बाबुको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । वुढेसकालकी आमाको एक मात्र सहाराका रुपमा रहेका शंकरले दैनिकी मजदुरी गरेर घरपरिवार चलाउँदै आएका थिए । दुर्घटनापछि उनलाई स्थानीयहरुले चन्दा उठाएरै पोखरा लगेर उपचार गराएका थिए । तर थप उपचारको लागी डाक्टरले काठमाण्डौ लैजान भनेपछि आर्थिक अभावका कारण उनी दुई महिना यता घरमै थन्किएर वस्न बाध्य भएका हुन ।

श्रीमान बेपत्ता भएपछि एकमात्र सहाराको रुपमा रहेका छोराको अवस्थाले उनकी आमा पवित्रा पौडेल अत्यन्तै दुखित छिन । परिवारमा कमाउने छोराको नै यस्तो हाल भएपछि उपचारको लागि लाग्ने ५ लाख कसरी जुटाउने भन्ने पिरलो उनलाई छ । त्यसैमाथि पहिरोले घरको आँगन नै भत्किएपछि उनलाई पीरमाथि पीर थपिएको छ । ‘पहिले पनि चन्दा उठाएर उपचार गरियो, अहिले पनि यस्तो स्थिति छ, चन्दा उठाएरै काठमाण्डौ लैजाने कुरो छ, स्थानीय आमा समुह, दाजु भाईलाई भनेकी छु, अरु भन्न पनि जान्दिन लेखापढी पनि छैन आमा पवित्राले भनिन् ।

घरको आर्थिक अवस्था नाजुक भएको साथमा पैसा पनि नभएकै कारण उपचारका लागि काठमाण्डौ जान नसकेको शंकरले वताए । ‘दुर्घटनाको वखतमा छरछिमेक, क्लब सबैले सहयोग गरे । अहिले पनि उनीहरु कोशिस गरिरहनुभएको छ’ उनले झिनो आशा व्यक्त गरे । उनको उपचारको लागि सहयोग जुटाउन स्थानिय राईजिङ स्टार युथ क्लबले शंकर पौडेल सहयोग अभियान सञ्चालन गरिरहेको छ भने लेखनाथ क्लव, समावेशी आमा समुह लगातका संस्थाहरु पनि संहयोग संकलनमा जुट्दैछन ।

लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ राहतको लागी केही मिल्छ कि भन्ने उद्देश्यले बजार ईकाई समिति, क्लब सदस्यहरु र आमा समूह मार्फत पहल भइरहेको वताउँछन । समावेशी आमा समूहकी अध्यक्ष राधादेवी काफ्लेले पहिले पनि सहयोग संकलन गरेर उपचार गराइएको र अब पनि घर दैलो गरेरै भए पनि उनको उचारको लागि सहयोग संकलन गरिने वताइन ।

यस्तै समाजेवी राजेन्द्रमणि लामिछानेले पहिरोका कारण घर समेत जोखिममा परेको भन्ने थाहापाएपछि हेर्न आउँदा पौडेल पैसा नभएकै कारणले थप उपचारका लागि काठमाण्डौ जान नसकेको थाहा पाएको वताउँदै स्थानीयस्तरमा सहयोग जुटाएरै उपचारको व्यवस्था गर्ने प्रयास भइरहेको र यसमा सबैलाई मन खोलेर सहयोग गर्न आग्रह पनि गरे ।

मुलुकमा जारी लकडाउनका कारण पनि विपन्न परिवारहरु अहिले मर्कामा परेका छन । त्यसैमाथि पनि १ जनाको कमाइले चल्दै आएको शंकरको परिवारमा उनी आफैं घाइते अवस्थामा पुगेपछि हातमुख जोर्न नै धौ धौ परेको छ । यस्तो विपतको अवस्थामा सहयोग गर्न ईच्छुक जो कोहीलाई पनि आफ्नो मोबाईल नं. ९८२४१५९१८२ मा सम्पर्क गरी सहयोगी हातहरु बढाइदिन पौडेलले आग्रह गरेका छन ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width