पोखरामा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेकाे संख्या १४ पुग्याे

आदर्श समाज संवाददाता
जेठ २६, २०७७
pokhara-swasthya-bigyan-pra

पोखरा, २६ जेठ । पोखरामा उपचार गराइरहेका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।

स्याङ्जा वालिङ ३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ५८ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार ती व्यक्ति २२ जेठबाट अस्पतालको प्रि–आइसोलेसन बार्डमा रहेका र उनको पीसीआर परीक्षणमा आइतबार साँझ कोरोना पुष्टि भएपछि आइसोलेसन वार्ड सारिएको थियो।

उनको आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को विज्ञप्तिमार्फत जनाएको छ।

उनी किड्नी, मधुमेह लगायत रोगबाट समेत ग्रसित रहेको बताइएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु १४ पुगेको छ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width