सुतेकै अवस्थामा नवीन बुढाको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
Corona-deaths-1200

पोखरा, २५ जेठ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–४ घर भई गलकोट नगरपालिका–६ गहते स्थित गोपाल खत्रीको घरमा काम गरीबस्ने २७ वर्षीय नवीन बुढा आइतबार बिहान मृत फेला परेका छन् ।

पतिपत्नी बस्दै आएका बुढा आफ्नै सुत्ने कोठामा मृत अवास्थामा फेला परेको सूचना उनकी पत्नीले बिहान ५.४५ बजे प्रहरीलाई दिएकी थियन् । उनको अत्याधिक रक्सीका कारण मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । उक्त घटनको बारेमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width