मादी गाउँपालिकामा विकास निर्माणको अनुगमन

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
gijaya kola pull

पोखरा, २५ जेठ । जिल्ला समन्वय समिति कास्कीको एक टोलीले मादी गाउँपालिकामा सञ्चालित विकास निर्माण योजनाको अनुगमन गरेको छ ।

संबैधानिक व्यवस्था अनुसार गाउँपालिका भित्रका संघ, प्रदेश र स्थानीय तहद्धारा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गरेको हो । निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्रविधि एवम् जनप्रतिनिधिसंग सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी लिएका हुन् ।

योजनामा गुणस्तरीय पहिलो सर्त भएको बताउँदै उनले गुणस्तरीयताका आधारभूत मापदण्ड सम्वद्ध सवै पक्षले पालना गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गाउँपालिका अन्तर्गत संघीय योजना पोखरा– १३ कसेरी र मादी ५ जोड्ने विजयपुर खोला माथि ५ करोड ५७ लाख रुपैया र प्रदेशको ६९ लाख रुपैयामा मादी वडा नं. ३ र ७ जोड्ने मादीनदी माथि ज्याम्दुको पक्की पुलको स्थलगत अनुगमन गरिएको हो ।

त्यसगरी अनुगमन टोलीले निर्माणाधीन काहुँखोला सिक्लेस एवम् कसेरी, भैसे हुँदै पालिकाको केन्द्र जोड्ने याङजाकोट सडक र जिसस मौज्जुदा कोष ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा ५ करोड १७ लाख ७२ हजार ५०९ रुपैयाको लागतमा निर्माण भई रहेका ७ वटा वडा कार्यालय भवनको जानकारी लिएको थियो ।कोरोना भाइरस (कोभिड—१९) को पैmलिन नदिन घोषित बन्दाबन्दीमा पनि मादी गाउँपालिकाका अतिकांश विकास निर्माणका योजनाले निरन्तरता पाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गु्रुङ(श्याम) ले जानकारी दिए । बजेट विनियोजन भएपनि समयमा कार्य विधि नबन्ने र झन्झटिलो खरिद ऐन तथा अप्ठेरो बन नीतिका कारण विकास निर्माण कार्यमा बाधक बन्ने गरेको उहाँले अनुगमन टोली समक्ष दुखेसो सुनाउनु भयो ।

गाउँपालिकाले भौतिक विकासंगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उनले बन्दाबन्दीसंगै कृषकहरुले बाँझो जग्गा जोत्न थालेपछि लामो समयको अन्तरालमा सवै भन्दा बढी गोरुको खरिद बिक्री भएको जानकारी गराए । कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकका प्रत्येक टोलमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले भारतबाट आएका १५ जना राखिएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो क्वारेन्टिनको खाना, विद्युत र खानेपानीको व्यवस्था पालिकाले गरेको छ भने विस्तारा सम्वन्धित व्यक्तिको घरबाटै ल्याउने व्यवस्था मिलाइएको छ । १२ वटै वडाबाट संकलित तथ्याङ्क अनुसार गाउँपालिकाका दुई हजार एकसय जना विदेशमा रहेका छन् । अनुगमन टोलीमा जिसस उपाध्यक्ष सावित्री भण्डयारी, प्रमुख समन्वय अधिकारी नवराज बराल लगागयत प्राविधिक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

    आदर्श समाज सम्वाददाता पौष २५, २०८१
    पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि…
  • सिमेन्टमा मूल्यवृद्धिको निर्माण व्यवसायीद्वारा विरोध

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि…
  • सुजल डेरीले ल्यायो ‘सफल काउ घिं’ बजारमा

    आदर्श समाज सम्वाददाता पौष २१, २०८१
    पोखरा । सुजल डेरीले गाईको शुद्ध दूधबाट उत्पादित ‘सफल काउ घिं’ उपभोक्तामाझ ल्याएको जनाएको छ । यसबाट आफ्नो उत्कृष्ट गुणस्तर, विशिष्ट…
  • २० औं लेखनाथ महोत्सव सुरु

    रामशरण नेपाली पौष १८, २०८१
    लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा…
  • २० औं लेखनाथ महोत्सव बिहीबारदेखि

    आदर्श समाज सम्वाददाता पौष १७, २०८१
    लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने…

hero news full width

trending post

ट्रेन्डिङ्ग