गण्डकीमा थपिए सातामै झण्डै सय संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
virus upward trend

पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा आइतबार बिहान एकैपटक ३८ नयाँ कोरोना संक्रमित थपिएको खबर संचार भयो। अन्य प्रदेशमा ह्वात्तै कोरोना संक्रमित बढ्दा गण्डकीले भने अघिल्लो सातासम्म एक–दुईमात्र गन्दै आएको थियो। आइतबार पुष्टि भएका संक्रमितको संख्या पछिल्लो २४ घण्टामा सबैभन्दा उच्च हो। योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ।

प्रदेशअन्तर्गत बागलुङमा गत १५ चैतमा पहिलोपटक कोरोना पुष्टि भएको थियो । त्यहाँका २ जना संक्रमित उपचारपछि डिस्चार्ज हुँदा प्रदेशलाई १३ बैशाखमा ‘ग्रिन जोन’ समेत घोषणा गरिएको थियो । लामो समयसम्म यहाँ कोरोना पुष्टि भएन । बैशाख मसान्तमात्र नवलपुरमा एक पुरुषमा कोरोना देखियो । जेठ महिना सुरु हुँदा प्रदेशमा मात्र ३ जना कोरोना संक्रमित थिए । यसरी नगण्य संख्यामा भेटिँदा प्रदेशलाई अन्यको तुलनामा सुुरक्षित ठहरिएको भएपनि पछिल्ला दिनमा एकपछि अर्को संक्रमित बढ्दै गएका हुन्।

हालसम्म प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा कोरोना फैलिएको छ

हालसम्म प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा कोरोना फैलिएको छ । गत १८ जेठमा प्रदेशमा संक्रमितको संख्या मात्र २४ थियो । क्रमशः २० गते ३७, २२ गते ५४, २४ गते ७५ हुँदै २५ गते १ सय १३ पुगेका हुन् । यसरी हेर्दा सातामै संक्रमित संख्या झण्डै सय अर्थात ८९ जना थपिएका हुन्।

उनीहरु अधिकांश छिमेकी देश भारतमा रोजगारीका लागि गएर फर्किएकाहरु छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार संक्रमित पुष्टि भएकामध्ये स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपुरका ४ जना छन् । १७ देखि ५२ वर्ष उमेर समूहका उनीहरु सबै पुरुष हुन् । सबैजना भारतबाट फर्किएर सम्बन्धित जिल्लाको पालिकामा निर्मित क्वारेन्टाइन बस्दै आएका थिए।

स्याङ्जा वालिङ नगरपालिकाका १३, भीरकोट नगरपालिकाका १, बागलुङ बडिगार्डका ९, ढोरपाटनका १, गोरखा गण्डकी गाउँपालिकाका ९, पालुङटारका १ र नवलपुर हुप्सेकोटका ४ जनामा शनिबार पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण फेला परेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए। प्रदेश राजधानी पोखरा रहेको कास्कीमा ४ संक्रमित छन्।

शुक्रबार र शनिबार गरी कास्कीका ४ मध्ये १ जनाको काठमाडौंको एक निजी अस्पतालमा उपचार भइरहेको छ भने ३ को पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बार्डमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width