डेङ्गु सार्ने लामखुट्टेको सर्भे शुरू, बेनीबजार डेङ्गुको उच्च जोखिममा   

रासस
जेठ २५, २०७७
dengue-virus-transmission-mosquito-disease

गलेश्वर, २५ जेठ । म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ।

पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै सङ्क्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए।

“बेनीबजारमा डेङ्गु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ” लम्सालले भने । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो।

त्यस्तै मङ्गला गाउँपालिकको केन्द्र बावियाचौरमा समेत डेङ्गु सार्ने लामखुट्टे भेटिए पनि सङ्क्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्भेमा नदेखिएको सर्भे टोलीले जनाएको छ । यस वर्ष बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेङ्गुका सङ्क्रमित भेटिएका छन्।

सर्भे टोली सङ्क्रमित भेटिएका वडाहरुमा नै पुग्ने जनाइएको छ । टोलीले सर्भेपछि थप योजनासहित डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहिलो तथ्याङ्कअनुसार वैशाख र जेठ महिनामा देशैभरि ८३ जनामा डेङ्गु सङ्क्रमण भेटिएकामा सबैभन्दा धेरै रुपन्देहीमा १५ र म्याग्दीमा १२ मा डेङ्गु पोजेटिभ देखिएको छ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width