गोरखामा पनि कोरोना संक्रमण, गण्डकीमा १ सय १३ पुग्यो

प्रकाश ढकाल
जेठ २५, २०७७
covid

पोखरा, जेठ २५ । कोरोना संक्रमण देखिने जिल्लाको सूचीमा गोरखा पनि थपिएको छ । गोरखामा एकैदिन १० जना संक्रमित भेटिएका हुन्। गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी गाउँपालिकामा ९ र पालुङटारमा १ जनामा कोरोना पुष्टी भएको हो।

यस्तै, गण्डकी प्रदेशमा आइतबार ३८ जना संक्रमित थपिएका छन् । गोरखा सहित स्याङ्जा, बागलुङ र नवलपुरमा थप संक्रमित भेटिएका हुन् । स्याङ्जाका १४, बागलुङमा १० र नवलपुरमा ४ जना छन्।

स्याङ्जाको वालिङ नगरपालिकाका १३ र भिरकोट नगरपालिकाका १ जना, बागलुङको बडिगाड गाउँपालिकामा ९ र ढोरपाटनमा १ जना तथा नवलपुरको हुप्सेकोटका ४ जनामा संक्रमण देखिएको छ।

सबै संक्रमितलाई जिल्ला अस्पताल पुर्याउने तयारी भैरहेको छ । हालसम्म गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

पछिल्लो साता यो प्रदेशमा पनि संक्रमित ह्वात्तै बढेका छन् । खासगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण पुष्टी भएको हो।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width