उपचारका लागि अस्पताल ल्याइएकी एक महिलाको पोखरामा शनिबार निधन भएको छ ।
पोखराको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचारार्थ ल्याइएकी ३७ वर्षीया महिलाको निधन भएको हो ।
पोखरा–३०, खुँदीकी ती महिलालाई लामो समयदेखि श्वासप्रश्वास समस्या रहेकोमा शनिबार मध्याह् पुनः समस्यादेखिपछि अस्पताल ल्याइएकोमा दिउँसो करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
अस्पतालका मेडिकल सूपरीन्टेन्डेन्ट डा. प्रकाश भट्टराईले अस्पताल ल्याई पुर्याउँदा बिरामीको मुटुको धड्कन रोकिसकेको र केही समयपछि मृत घोषणा गरिएको बताए।
शनिबार बिहान वान्ता गरेपछि स्थानीय मेडिकलबाट औषधी खाएको र केही समयपछि अचानक बेहोस भएको बताइएको छ ।
ती महिलाको मृत्यु कोरोनाको कारण भए नभएकोबारे स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ ।
शव भने आफन्तले बुझेर लगिसकेको डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज डीएसपी अर्जुन रानाभाटले बताए ।
कास्कीमा हालसम्म ४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
hero news full width
मुख्य समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१