तीन लाख रुपैयाँ घूससहित वडाध्यक्ष पुन पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
Nepali-currency

पोखरा, २४ जेठ । ३ लाख घूससहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन शनिबार बिहान पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना–१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए ।

पुनले काठ लिलामीमा रकम लिने गरेको यसअघि पनि धेरै पटक उपभोक्तामार्फत गुनासो आएको थियो ।अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याउँदै गरेको सूचना अधिकृत भुसालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width