लक्ष्मण ऐरले जिते भर्चुअल तेक्वान्दो पुम्सेको स्वर्ण पदक

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
Laxman Airee, Virtual Taiquando Pumse

पोखरा । नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन् ।

अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट जारी पुम्सेको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट सहभागी लक्ष्मणले २० भन्दा बढी देशको सहभागी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिता अन्तर्गत ५० वर्षमुनीको उमेरसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् । उनले बिहीबार राती ११ बजे भएको लाइभ प्रतिस्पर्धामा ६.७३ अंक बटुल्दै स्वर्ण पदक हात पारे ।

त्यस्तै महिलातर्फ ४० वर्ष मुनिको विधामा रेखमाया गुरुङले काश्य पदक प्राप्त गरेकी छिन् । नेपालबाट ६ खेलाडी सहभागी बनेकोमा भने सुस्मिता केसी र दावा शेर्पाको खेल हुन बाँकी छ । त्यस्तै अन्य खेलाडी विवेक राई र आशिष चन्द बाहिरिएका छन् ।

यसअघि, पहिलोपटक युरोपमा भएको प्रतिस्पर्धा युरोपियन पुम्से र विश्व पुम्से च्याम्पियनसीपमा पनि लक्ष्मणले सहभागीता जनाएका थिए । उनले त्यसअघि लामो समयसम्म प्रशिक्षण बिहिन भएकाले खेलमा असर परिरहेको बताउँदै आएका थिए । पछिल्लो समयमा सहभागी बनेका तेस्रो प्रतियोगितामा भने उनी स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसले पनि उनी अहिले नियमित प्रशिक्षणमा व्यस्त छन् ।

यसअघि, फ्रान्समा सम्पन्न विश्व पुम्से च्यम्पियनसीपमा ३० वर्षमुनी पुरुषतर्फ नेपालबाट सहभागी बनेका तीन खेलाडीले स्वर्ण, रजत र कांस्य पदक जितेका थिए । महिलातर्फ पनि पार्वती गुरुङले नेपालको तर्फबाट पदक प्राप्त गरेकी थिइन् ।

कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि विश्वभरी खेलकुद प्रतिबन्धजस्तै बनेको समयमा पनि भर्चुअल तेक्वान्दोको पुम्से विधामा खेलाडीले प्रतिस्पर्धा गरेका हुन् । हाल अमेरिकाको पोर्टल्यान्डमा अनलाइनमार्फत पुम्सेको विश्वस्तरीय र युरोपियन प्रतिस्पर्धा गराइएको हो । अमेरिकामा संचालन भइरहेको प्रतियोगिता जुन ७ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width