चेल्सीले उचाल्यो इङ्ल्यान्ड सुपर लिगको उपाधि, लिभरपुल रेलिगेसनमा

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
Chelsea, Winner Womens Super League

पोखरा । इङ्ल्यान्डको महिला शीर्ष फुटबल लिग (महिला सुपर)को उपाधि चेल्सीले उचालेको छ ।

चेल्सीले औषत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि उचालेको हो । मार्च १३ मा लिग रोकिँदा लिगको अंक तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी थियो । म्यान्चेस्टर सिटीले १६ खेलबाट ४० अंक जोड्दा १ खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो स्थानमा थियो । उसले १ खेल कम खेलेका कारण औषत अंक धेरै भएको हो ।

त्यस्तै, लिग तालिकाको पुछारमा रहेको लिभरपुल रेलिगेसनमा परेको छ । उसले १४ खेलबाट ६ अंक मात्र जम्मा गर्न सफल भएको थियो । गत मे २५ मा फुटबल एशोसिएसनले आपतकालीन नतिजाका साथ सिजन समाप्त गरिने बताउँदै आएको थियो । फुटबल एशोसिएसनको बहुमतले नै ‘प्रति खेलको औषत अंक’को आधारमा तालिका निर्धारण गर्ने निर्णय गरेको थियो । अर्को सिजनको महिला च्याम्पियन्स लिगमा इङ्ल्यान्डका तर्फबाट चेल्सी र म्यान्चेस्टर सिटी सहभागी बन्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width