वातावरणमैत्री विकास आवश्यक-मुख्यमन्त्री गुरुङ

रासस
जेठ २३, २०७७
RK-Pokhara-ChiefMinisterGurungb

पोखरा, २३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

४७औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को सङ्गमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उनले पोखराको वातावरणमैत्री विकास आवश्यक रहेको बताए ।

पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उहाँले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पु¥याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राखे ।

मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उनले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता औँल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको जानकारी दिए । पोखरा महानगरपालिका वडा नं ४ शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले रु दुई करोड ७३ लाख र पार्क निर्माणमा रु ६३ हजार लगानी गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width