एपीएफका ४ खेलाडीको बढुवा, पदोन्नती भएका खेलाडीलाई दज्र्यानी चिन्ह प्रदान

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
APF

पोखरा । नेपाल एपीएफ क्लब, फुटबलकी कप्तान अनु लामा हवल्दारमा बढुवा भएकी छिन् ।

अनुसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका छन् ।

बढुवा भएका उनीहरुले दज्र्यानी चिन्ह प्राप्त गरेका छन् । यसअघि, चारै जना सहायक हवल्दार थिए ।

राष्ट्रिय टोलीकी पूर्व फरवार्ड समेत रहेकी अनु महिला फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन् । राष्ट्रिय टोलीका लागि उनले ३५ गोल गरेकी छिन् । उनी भन्दा अगाडि एपीएफकै सावित्रा भण्डारी साम्बाले ३८ गोल गरेकी छन् ।

अनु, २०६३ मा एपीएफमा आबद्ध भएकी हुन् । गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे का अवसरमा अनुलाई उत्कृष्ट महिला खेलाडीबाट सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्टिमरमा बुद्धिचाल प्रतियोगिता !

    आदर्श समाज सम्वाददाता जेठ १२, २०८१
    स्याङ्जा । कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर) मा शनिबारदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी…
  • सेमेस्टरस्तरीय कप फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा विभिन्न सेमेस्टरका विद्यार्थीको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा–२६ स्थित ब्ल्याक होल…
  • क्रिकेटमा टिम वाराहीको जित

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता–२०८१ टिम वाराही विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघ…
  • न्यायिक समिति उत्कृष्ट भएको दाबी

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दाबी गरेका छन् ।…
  • फिस्टेल एसइई कपमा फिस्टेल र भद्रकाली च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । फिस्टेल एकेडेमी मावि, बिरौटाद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड…

hero news full width