रुकुम पश्चिमको हत्याकाण्डविरुद्ध पोखरामा खबरदारी

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
101795756_3481739058520766_3420608612773396480_n

रुकुम पश्चिमको जातीय छुवाछूत एवं पाशविक हत्याकाण्ड विरोधमा पोखरामा आयोजित खबरदारीसभाका सहभागी

रुकुम पश्चिमको नरसंहार घटनामा परी ज्यान गुमाएका ६ युवाको सम्झनामा पोखरामा बिहीबार श्रद्धाञ्जली तथा खबरदारी सभा गरिएको छ ।

‘जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा दिवस’ सन्दर्भमा कास्कीमा सक्रिय राजनीतिक दलित संघसंस्था र संगठनहरुको संयुक्त आन्दोलन संयोजन समिति आयोजनामा महेन्द्रपुल (लखनचोक) मा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय इञ्चार्ज एवं दलित आन्दोलनका नेता केशबहादुर परियारले लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपनि पुरानै ब्रम्हाणवादी सोच हावी भएको र वर्गीय, जातीय, लिङ्गीय र सांस्कृतिक शोषण उत्पीडन तथा अत्याचार कायम रहेको बताए । जसका कारण त्यसैको ज्वलन्त उदाहरण रुकुम पश्चिमको बर्बरतापूर्ण हत्याकाण्ड भएको बताए।

उनले जातीय छुवाछूत संवैधानिकरुपमा बर्जित भइसकेको अवस्थामा पनि केटाकेटीबीच प्रेमसम्बन्ध कायम गरी विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउनु पर्ने दुःखद घटना अत्यन्तै निन्दनीय भएको बताए।

दलित नेता परियाले सो पासविक घटनाले गणतन्त्रको धज्जी उठाएको बताउँदै उक्त घटनाले संविधान र कानूनको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय मानवअधिकार स्थितिलाई समेत चुनौती दिएको उल्लेख गरे ।

नवराज बिकको कथित उपल्लो जातको किशोरीसँग प्रेम सम्बन्धकै कारण उनीलगायत ६ जना युवा गाउँलेको निर्घात कुटपिटले भेरी नदीमा बिलिन हुन पुगेका थिए

यसैबीच, संयुक्त आन्दोलन समितिले रुकुम घटनासहित देशभरीका जातीय विभेद र छुवाछूतसँग आधारित ६ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई बुझाएको छ ।

संयुक्त आन्दोलन संयोजन समिति संयोजक दुर्गाबहादुर सुनारको अध्यक्षतामा भएको विरोधसभामा दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश संयोजक भीम विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए।

गत जेठ १० मा रुकुम पश्चिममा भएको घटनामा नवराज बिकको कथित उपल्लो जातको किशोरीसँग प्रेम सम्बन्धकै कारण उनीलगायत ६ जना युवा गाउँलेको निर्घात कुटपिटले भेरी नदीमा बिलिन हुन पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width