बुलिङटारका कोरोना संक्रमितलाई उपचारका लागि चितवन लगियो

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
sf]/f]gf laz]if c:ktfn lrtjg, ^ r}t M e/tk’/ dxfgu/kflnsfsf] cu

नवलपरासी, २१ जेठ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा फेला परेका कोरोना संक्रमित १६ वर्षीय किशोरलाई उपचारका लागि चितवन लगिएको छ ।

उनलाई उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनीसँगै नवलपुरमा १० जना संक्रमित भेटिएका छन् जसमध्ये ४ जना चितवनको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ ।त्यसैगरी ५ जनाको नवलपुरमै उपचार भईरहेको छ भने एक जना निको भएर फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width