भेरीले बगाउँदा ३ बालिकाको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
murdercrimedead-321015958_6

फाइल फोटो

भेरी नदीले बगाउँदा ३ जना बालिकाको ज्यान गएको छ ।

मंगलबार दिउँसो डोल्पाको ठूलीभेरी नगरपालिका–९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतलाई भेरीले बगाएको हो ।

उनीहरु गाईबस्तु चराउन गएका थिए। गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा पस्दा बगाएको डोल्पाका डीएसपी नारायण रञ्जितकारले बताए।

उनीहरुमध्ये यशोधा भण्डारी र विजय कठायतलाई २ किलोमिटर तल झारेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । गंगाको शव ५ किलोमिटर तल फेला पारेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width