प्रदेश प्रमुख शेरचनलाई धन्यवाद

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
Gandaki Pradesh Pramukh Sabhamukh

पोखरा, १९ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशसभाले धन्यवाद दिएको छ । आइतबार प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार बिहान प्रदेश प्रमुख निवासमा पुगी प्रदेश प्रमुख शेरचनलाई प्रदेशसभाको तर्फबाट धन्यवादपत्र हस्तान्तरण गरे । सो अवसरमा उपसभामुख सिर्जना शर्मा समेत सहभागी थिइन् । यसअघि, गण्डकी प्रदेशसभाको जारी छैठौं अधिवेशन अन्तर्गतको आइतबार सम्पन्न नवौं बैठकले गण्डकी प्रदेश प्रमुख शेरचनलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width