सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए ।
सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए । गनले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टिन बस्न र अनिवार्य कोरोना परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए । “कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बैठकमा सहभागी सबै माननीय, मर्यादापालक, पत्रकार, कर्मचारीसमेतको पिसिआर परीक्षण गरिएको थियो, बैठकमा सामाजिक दूरी कायम गर्ने गरिएको छ, निर्मलीकरणका सबै उपाय अपनाइरहेका बेला उनीहरु जिल्ला गए ”, सचिव बुढाथोकीले भने “एक साताका लागि भनेर रोक लगाइएको छैन, कोरोना परीक्षण गरेर बैठकमा आउछन् ।
प्रदेशसभा सदस्य सुशील थापाले सभामुखले पूर्वाग्रही भएर आफूहरुलाई बैठक प्रवेशमा निषेध गरेको प्रतिक्रिया दिए । “हामी गृहजिल्ला पुगेर कोरोना नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय बैठकमा सहभागी भएर आएका हौँ, विपद्को बेला जनप्रतिनिधि जनतामाझ पुगेको विषयलाई अन्यथा लिनुहुँदैन”, उनले भने । सभामुखले कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गरेको उनको आरोप छ ।
“अन्य माननीय र मन्त्रीहरु आफूखुशी हिँडडुल गर्दा आचारसंहिता लागू नहुने, हामीलाई मात्र लागू हुने न्यायोचित छैन”, प्रदेशसभा सदस्य सुशील थापाले भने “जनतामाझ जानु गल्ती होइन, सुरक्षाका सबै विधि अपनाएरै जिल्लामा पुगेका हौँ ।” अर्का प्रदेशसभा सदस्य अम्मरबहादुरले पनि सभामुखले पिसिआर परीक्षण गरेर एक सातापछि बैठकमा आउन टेलिफोन गरेको बताए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१