भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा

रासस
जेठ १७, २०७७
download (1)

बागलुङ, १७ जेठ । भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टिनमा राखिएको हो ।

गएको साता भारतबाट जिल्ला भित्रिएका ८२८ जनालाई यहाँस्थित ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ ।
यसैगरी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा १७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा १४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन् ।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँचजनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । तमानखोला र बडिगाडका सङ्क्रमितको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्ने कामसमेत शुरु भएको उनको भनाइ छ । “क्वारेन्टिन व्यवस्थापन र पिसिआर परीक्षणमै बढी केन्द्रित छौँ”, प्रमुख गुरौले भने । “भारतबाट आउने क्रम बढेसँगै सङ्क्रमण बढ्ने जोखिम छ ।” भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

बडिगाड गाउँपालिकामा मात्र ५०० जनाभन्दा बढी भारतबाट आउने आँकलन गरिएको छ । तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो सङ्ख्या झनै बढ्नेछ । स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने बताए । बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुईजना सङ्क्रमित भेटिएका थिए ।

“भारतबाट आउनेको सङ्ख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ”, अध्यक्ष पाइजाले भने । ५६ दिनपछि बुुधबार जिल्लामा ६ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width