लेखनाथ सामुदायिक सेवाकेन्द्रद्वारा आयोजित रक्तदानमा ७७ युनिट रगत

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
Blood Donation 03

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाले शुक्रबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमको इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बरालले पहिलो रक्तदाता केन्द्रका सल्लाहकार टिकाराम पंगेनीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारंभ गरेका थिए । लेखनाथ क्षेत्रमा क्रियाशील बिभिन्न सामाजिक व्यक्तिहरु सहित ७७ जनाले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रागंत बरालले कोरोनाको कहरका बीच सामाजिक दूरी कायम गरी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा गरेका थिए । पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्गले सेवाकेन्द्रले नागरिकसँगको सहकार्यमा रचनात्मक कार्य गरेको भन्दै, स्थानीय तहका वडा कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।

वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले अप्ठयारो परिस्थितिमा गरिने सामाजिक कार्यनै साहसिक कार्य हुने र नागरिक समाजबाट मूल्यांकन हुने बताए । सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ प्रथम भाइस डिष्ट्रिक गर्भनर विशेश्वर आचार्य, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका संयोजक सोमनाथ बास्तोला, लेखनाथ साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, सेवाकेन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, कार्यक्रमका संयोजक कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष एलपी ढुंगाना लगायतले सेवाकेन्द्रका गतिविधिका बारेमा बोलेका थिए ।

केन्द्रले लागु पदार्थ तथा दुव्र्यसन विरुद्धको सचेतना अभियान, रक्तदान कार्यक्रम, नागरिकसँग सुरक्षा अन्तरक्रिया, विभिन्न संघसंस्थाका अभियानमा सहयोग गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा लायन्स क्लव अफ पोखरा लेखनाथ सिटीको सहयोग तथा रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको थियो । सो कार्यक्रममा सेवाकेन्द्रको नयाँ वर्ष २०७७ सालको क्लोण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रमको संचालन सेवाकेन्द्रका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width