वरिष्ठ गीतकार थापाको निधन, प्रधानमन्त्रीद्वारा समवेदना   

रासस
जेठ १५, २०७७
Ratna samsher

काठमाडौँ, १५ जेठ । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘ठट्टैमा यो बैंस जान लाग्यो’, घुम्तीमा नआउ है, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताए। उहाँका श्रीमती र दुई छोरा छन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उहाँप्रति श्रञ्द्धाजलि व्यक्त गरे।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिए। विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन (चक्का) मा रेकर्डिङ गराएको स्मरण गरे। त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए ।

रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशङ्कर, प्रेमध्वज प्रधान आदि लोकप्रिय सङ्गीतकार गायकले सहकार्य गर्नुभएको थियो। उहाँ काठमाडौँको कमलपोखरीमा बस्दै आउनुभएको थियो। कोरोना भाइरसको परीक्षण गरेपछि उहाँको अन्त्येष्टि गरिने जनाइएको छ।

प्रधानमन्त्रीद्वारा समवेदना   

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीट गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधनले आफूलाई दुःख लागेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।

उनलेले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width