गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा समेत पहिलोपल्ट कोरोना संक्रमित देखा परेका छन् । भारतको गाजियावादबाट नेपाल आएका २० र २९ वर्षका उनीहरु दुवै पुरुष हुन् ।
स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुको सोमबार राति स्वाब परीक्षणमा पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे पुष्टि नगर्दै स्याङ्जाबाट प्रतिनिधित्व गर्ने दुई सांसदले गण्डकी प्रदेशसभामा सोबारे जानकारी दिँदै उच्च सुरक्षाको माग गरेका थिए । सांसद भागवत्प्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले सोमबार पोखरा सभागृहस्थित गण्डकी प्रदेशसभाको बैठकमा सोबारे जानकारी दिएका थिए ।
त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमबार देखिएका ९० नयाँ संक्रमितमध्ये स्याङ्जाका पनि ती २ जना भएको पुष्टि गरेको हो ।
जेठ १० मा भारतको गाजियावादबाट उनीहरुसहित कुल ९ जना आएका थिए । गाजियावाददेखि गोरखपुरसम्म रेलमा, त्यसपछि सुनवलसम्म ट्रकमा र सुनवलबाट वालिङसम्म जीपमा आएका र शनिवार बिहान ३ बजे वालिङपछि उनीहरु क्वारेन्टाइनमा बसेको जिल्ला अस्पतालका प्रमुख डा. शुशिल मरासीनीले जानकारी दिए ।
उनीहरुसहित २० जनाको क्वारेन्टाइन रहेकै बेला स्वाब परीक्षण गरी पोखरा ल्याइएको हो । संक्रमितमध्ये २० वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहे पनि अर्का २९ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको जनाइको छ । नतिजा पोजेटिभ आएपछि स्याङ्जा जिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा उपचारका लागि लगिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनीहरु वालिङ–७, केवरे भञ्ज्याङको भएको बताइएको छ ।
जिल्लामा पहिलोपल्ट कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ध्रुव गिरीले जानकारी दिए ।
यता, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पहिलोपल्ट कोरोना संक्रमित देखिएको हो । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा ९ माघमा देखिएको हो ।
नेपाल सरकारले कोरोना परीक्षण प्रदेशस्तरमा विस्तारगरेपछि गण्डकी प्रदेश राजधानी पोखरामा १८ चैतेदेखि पीसीआर परीक्षण हुँदैआएको हो ।
झण्डै २ महिना अवधिमा मात्र २ हजार जनाको परीक्षण भएको छ । आरडीटी ७ हजार पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भने प्रदेशको बजेट अधिवेशनको पहिलो दिन यहाँ पीसीआर मेसिन थपेर परीक्षण दर बढाउने बताएका थिए ।
गण्डकीमा देखिएका २ नयाँ संक्रमितसहित प्रदेशमा कुल संक्रमित संख्या ७ जना पुगेको छ । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केका हुन् ।
गत ४ चैतमा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट नेपाल फर्केका बागलुङका २ जना ( नेपालमा क्रमशः पाँचौ र छैटौं संक्रमित) थिए ।
तीमध्ये बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई चैत १५ मा कोरोना पुष्टि भएको थियो । उनी गण्डकीमै पहिलो संक्रमित हुन् ।
उनको बागलुङस्थित धौलागिरि अस्पतालमा उपचारपछि १२ वैशाखमा डिस्चार्ज भएकी थिइन् ।
यस्तै, छैटाै संक्रमित बागलुङ–३, गौंडाकोटकी ६५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारपछि ६ वैशाखमा डिस्चार्ज गरिएको थियो ।
गण्डकीमै जेठ १ मा नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ मा लमजुङ घर भई काठमाडौं–१६, वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्याे ।
जेठ ९ मा नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
लमजुङका संक्रमित बालकको काठमाडौंमा र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा ११ जिल्लामध्ये ४ जिल्लामा संक्रमण देखा परेको छ । लमजुङका बालक भने काठमाडौंमै थिए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१