काठमाण्डौ, १३ जेठ । नेपालमा मंगलबार ९० जना व्यक्तिमा कोराना भाइरसको संक्रमण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मंगलबार थपिएका ९० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, त्यसैगरुी पोखराको प्रयोगशालाकमा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ जना, नेपालगन्जमा ७ जना, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
प्रवक्ता देवकोटाले आजमात्रै ९० जनामा संक्रमण पुष्टि भएको र योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पसपुगेको छ। कोरोना संक्रमणबाट नेपालमा चार जनाको मृत्यु भइसकेको छ । १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।पोखराका पयोगशालामा जाँच गर्दा कोरोना पोजिटिभ देखिएका दुई संक्रमित स्याङ्जा जिल्लाको भएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन्। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
hero news full width
मुख्य समाचार
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
माघ ५, २०८१पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
माघ ४, २०८१पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१