दुर्घटनामा दुई जनाको मृत्यु

रासस
जेठ १३, २०७७
Accident

राजविराज, १३ जेठ । सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्र्याक्टर चालक हरि चौधरीको बुवा रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।

यता चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा मोटरसाइकलको ठक्करबाट एउटा गाई समेत मरेको छ । स४प २१३१ नंको मोटरसाइकलले ठक्कर दिँदा गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारी साधनको ठक्करबाट नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय एक युवकको मृत्यु भएको थियो । कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ पाँच फिट तीन इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तोे देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको सप्तकोशी नगरपालिका–११ मलेठमा पनि मोटरसाइकलको ठक्करबाट एउटा भैँसीको ज्यान गएको छ । कञ्चनपुर–फत्तेपुर सडकखण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ६२८ नंको मोटरसाइकलले स्थानीय दोमेश्वर खङको भँैसीलाई ठक्कर दिँदा भैसीको घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width