प्रेस युनियन अफ दी इयर अवार्ड सदस्य अनिषा श्रेष्ठलाई

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७७
Award 1

पोखरा, ,१३ जेठ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मङ्गलबार २९ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको अध्यक्ष नवीन सिग्देलले बताए । श्रेष्ठलाई नगद पाँच हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीले अवार्ड प्रदान गरेका थिए । एक वर्ष अघिको बैठकले प्रत्यक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसमा कार्यसमिति सदस्यमध्यबाट एक जना सदस्यलाई अवार्ड दिने निर्णय गरेको थियो ।

कार्यसमितिका सदस्यले संस्थाका लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी प्रोत्साहन गर्न सो अवार्ड व्यवस्था गरिएको हो।प्रेस युनियन कास्कीले यसवर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने छ ।

त्यस अवसरमा सवारी दुर्घटनामा घाईते भएका नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य सुमन गुरुङलाई १० हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले सरकार जति निरकुंश बन्दै जान्छ त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने बताए ।

‘अब पनि यहि तरिकाले लकडाउन बढाउँदै जाने हो भने भयावह अवस्था सृजना हुन्छ’ केसीले भने, ‘अब कृषि, उत्पादनशिल र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छ ।’ वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उनको भनाइ थियो । ‘लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग हो यसलाई हामीले गुम्न दिनुहुदैन’ उनले भने,‘राष्ट्रियताको विषयमा सबै एक जुट भएमा कसैले पेल्न सक्दैन ।’ नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधै खबरदारी गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधै आवाज बुलन्द गर्ने बताए ।नेपाल प्रेस युनियनका सल्लाहकार रवीन्द्र बास्तोलाले यो अवार्डले पत्रकारितामा क्रियाशील रहेकालाई प्रोत्साहन गर्ने बताए ।नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हक हितमा सरकार अनुदार देखिएको आरोप लगाए ।

सम्मानित व्यक्तित्व अनिषा श्रेष्ठले अवार्डले आफूलाई हौसला मिलेको बताईन् । त्यस अवसरमा नेपाल प्रेस युनियका केन्द्रीय सदस्य टंक अधिकारीले कार्यक्रमको प्रशंसा गर्दै प्रेस यनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सम्मानित अनिषा श्रेष्ठलाई प्रेस युनियनको लोगो अंकित पिन लगाएका थिए ।कार्यक्रममा औषधि पसल अनलाईन फार्मेसीका प्रोपाईटर ध्रुव शर्माले मास्क हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।२०४८ साल जेठ १३ गते १७ जना प्रजातन्त्रवादी पत्रकारहरुको भेलाबाट युनियनको स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width