पोखराका नागरिक अभियन्ताद्वारा एमसीसी खारेजी माग

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
MCCNepal_20191001075645

पोखरा, १२ जेठ । पोखराका नागरिक अभियन्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी सैन्य रणनीतिको एक अभिन्न अंग भएको भन्दै त्यसले नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता दीर्घकालसम्म धरापमा पार्ने हुँदा सम्झौता खारेजीको माग गरेका छन् ।

नागरिक अभियन्ताहरु वरिष्ठ अधिवक्ता तिलक पराजुली, रामबहादुर पौडेल, शशी तुलाचन, विष्णुहरि अधिकारी र इन्द्रकमल मानन्धरले सोमबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी ५५ करोड अमेरिकी डलरको लोभमा नेपालीको राष्ट्रिय स्वाधीनता र अस्मितामाथि कदापि आँच पु¥याउने काम गर्न नहुनेमा समेत सचेत गराएका छन् ।यो स्वीकार गर्नु भनेको हाम्रो असंलग्न परराष्ट्र नीतिविरुद्ध मात्र नभै मुलुकका लागि समेत घात हुने दाबी गरिएको छ ।

‘यसले मुलुकको सार्वभौम अधिकारलाई खुम्च्याउनुको साथै राष्ट्रिय निर्णय क्षमतामा समेत आँच पुर्याउने छ । आपत्तिजनक त यो छ कि यस परियोजना अन्तर्गत बनाइने भनिएको हाई भोल्टेज विद्युत् प्रसारण लाइनको रुट पोखरादेखि लुम्बिनीसम्मको प्रस्तावित रेलमार्गलाई व्यवधान उत्पन्न गर्नेगरी तय भएको प्रतीत हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी नेपालले स्वीकार गर्नैपर्ने भन्ने पक्षधर सत्तासीन एवं प्रतिपक्षबाट मुख्यतः २ वटा तर्क प्रस्तुत गरेका छन् । पहिलो कुरा ५५ करोड अमेरिकी डलर बराबरको ठूलो धनराशि गुमाउनु हुन्न । र, दोस्रो तर्क पूर्ववर्ती सरकारले स्वीकार गर्ने सम्झौता गरिसकेकोले अहिले अस्वीकार्दा मुलुकको विश्वासनीयता गुम्छ भन्ने छ । तर सम्झौता गर्दाका बखत तत्कालीन अर्थमन्त्रीले एमसीसीलाई अमेरिकी सैनिक रणनीति इण्डो–प्यासिफिक रणनीतिसँग जोडिएको थिएन । एमसीसीलाई उसको अंग बनाई अमेरिकीहरुले नै यसको चरित्रमा मौलिक परिवर्तन गरेकोले पुनर्विचार गर्नैपर्ने हुन्छ । जुन अधिकार हामीमा सुरक्षित छ ।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width