इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना

रासस
जेठ १२, २०७७
Aerial-view-of-Masjid-Areesh

राँझा, १२ जेठ । नेपालगञ्जका मुसलमान धर्मावलम्बीले इद उल फित्र पर्वको विशेष नमाजमा कोरोना भाइरस अन्त्यको प्रार्थना गरेका छन् । नेपालगञ्जस्थित बिवी चोकमा रहेको इदगाह मस्जिदमा आज सामाजिक दूरी कायम गरेर न्यून सङ्ख्यामा नमाज पढिएको थियो ।

सामूहिक नमाज पढ्ने परम्परा रहे पनि यस वर्ष कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताए ।

‘कोरोना भाइरस महामारी फैलिएकाले देशमा त्रास छ, नागरिकले आआफ्नो घर बसेर इद उल फित्रको प्रार्थना गरेका छन् ।, धर्मगुरु मञ्जरीले भने ‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यस वर्ष नमाजमा कोरोना भाइरस अन्त्यको कामना गरिएको हो ।’

सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानाको सट्टा आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोहीअनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उनको भनाइ छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नेपालगञ्ज मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले इद उल फित्र पर्वको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको बताए । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो ।

बाँकेमा एक जनाको ज्यान जाने गरी ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका कारण यस वर्ष पारिवारिक भेटघाटमा सीमा दूरी कायम गर्दै सचेतनाका साथ आआफ्नै घरमा इद उल फित्र पर्व मनाउन थालिएको हलवाईले बताए । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महीना लामो व्रत (रोजा) शुरु भएको थियो । व्रत तोडिएपछि आज विशेष नमाज पढेर इद उल फित्र मनाइँदै छ ।

नरैनापुरमा पर्व प्रभावित

कोरोनाको केन्द्रविन्दु बाँकेको नरैनापुरमा यस वर्षको इद उल फित्र प्रभावित भएको छ । मुसलमान समुदायको बाहुल्य रहेको नरैनापुरमा एक जनाको ज्यान जाने गरी ११४ जनामा सङ्क्रमण देखिएकाले यस वर्षको पर्व पारिवारका बीचमा पनि मनाउन नपाइको गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिए । उनका अनुसार नरैनापुरका सङ्क्रमित ११३ जना आइसोलेशनमा रहेको र ठूलो सङ्ख्यामा क्वारेन्टिनमा रहेका कारण यस वर्षको पर्व पूर्ण रुपले प्रभावित भएको छ ।

कोभिड–१९ बाट बच्न जोड

झिमरुक– बन्दाबन्दीका कारण प्युठानमा पनि इदुल फित्रको नमाज घरघरमै पढिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका वडा नं १ का करीब ६५ घर परिवार र वडा नं ३ का दुई सय परिवार मुसलमानले घरमै नमाज पढेका छन् । बन्दाबन्दीलाई पूर्णरुपमा पालना गर्न समुदाय प्रतिबद्ध रहेको मुस्लिम संगठन नेपाल प्युठान शाखाका संयोजक जीतमान मियाँले बताए ।

इदको नमाजमा विश्व मानव समुदायले कोरोनाबाट उन्मुक्ति पाओस् भनी प्रार्थना गरिएको समेत उनले बताए । खुशीको पर्व इदमा गरीब एवं दुःखीलाई सहयोग गर्न, चेलीबेटीलाई बोलाई मीठमसिनो खान, एकापसमा शुभकामना आदानप्रदान गर्न, आपसी भाइचारा तथा सामाजिक सद्भावलाई बढावा दिन यस पर्वको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

कोभिड –१९ बाट बच्न र बचाउन समुदायले रचनात्मक भूमिका खेल्नुपर्नेमा मुस्लिम संगठन नेपाल प्युठान शाखाका संयोजक मियाँले जोड दिए । हिजरी संवत्को रमादान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउने चलन रहेको उनको भनाइ छ । अघिल्ला वर्षमा टोलमै रहेको मस्जिदमा नमाज पढे पनि यस वर्ष भने घरघरमै पढिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width