क्वारेन्टिन बसाईलाई सहज बनाउन दैनिक योग सिकाउँदै

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
Yog 3

वालिङ, १० जेठ । वालिङ नगरपालिकाको क्वारेन्टिनमा बस्नेहरुलाई दैनिक योग अभ्यास सिकाउन थालिएको छ ।

देशका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टिन अब्यवस्थित भईरहेको र क्वारेन्टिनबाट भाग्ने गरेका समाचार आईरहँदा वालिङ नगरपालिकाले क्वारेन्टिन बसाईलाई सहज बनाउनका लागि दैनिक डेढ घण्टा बिहानमा योग अभ्यास गराउन थालेको हो ।वालिङ नगरपालिकाको अनुरोधमा पतञ्जलि योग समिति वालिङका प्रशिक्षकहरुले सामाजिक दूरी कायम राखी क्वारेन्टिनको प्राङ्गणमा रहेको वालिङ खेलमैदानमा योग अभ्यास गराउने कार्यको थालनी गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

“नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिकरुपमा पीडा हुन नदिई शान्त, शारीरिकरुपमा स्वास्थ्य र आध्यात्मिकरुपमा चेतनायुक्त बनाउनका लागि योगाभ्यास गराउने कार्यको थालनी गरेका हौं” नगर प्रमुख खाँणले भने “योगका माध्यमबाट क्वारेन्टिनमा बस्ने ब्यक्तिले आँफूलाई निरोगी, स्वस्थ तुल्याउन सक्ने र कोठाभित्र मात्रै बसिरहँदा नकारात्मक भावनाहरु जागृत हुन सक्ने भएकाले खेलमैदानमा सामूहिकरुपमा सामाजिक दूरी कायम राखेर योगाभ्यास गराईएको हो ।”

देश तथा विदेशबाट मानसिक पीडा खेप्दै यहाँ आएका ब्यक्तिहरुलाई स्वाब परीक्षण गरेर गाउँमा पठाउँदा सामाजिक ब्यवहारमा परिवर्तन देखिन सक्ने भएकाले ‘साईको सोसियो’ समस्यालाई केही हदसम्म भएपनि सहन सक्ने क्षमता बृद्धि गर्नका लागि योगाभ्यास तथा आवश्यक मनोसामाजिक परामर्श दिईएको नगर प्रमुख खाँणले बताए । “शारीरिक तथा मानसिक समस्याहरु न्यूनीकरण गर्नका लागि नगरपालिकाले थालेको यो अभियान प्रभावकारी बन्दै जानेमा विश्वस्त छौं” नगर प्रमुख खाँणले भने । क्वारेन्टिनमा एउटा टोली जाने र अर्को टोली आईरहने भएकाले पनि योगाभ्यासलाई निरन्तरता दिईने छ ।”

बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिकरुपमा पनि सकारात्मक उर्जा मिल्ने भएकाले यो विधि महत्वपूर्ण हुने दाबी पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला प्रभारी मैँयादेवी लम्सालले बताए ।“गत मंगलबारबाट योगाभ्यास गराउन शुरु गरिएको छ” प्रदेश प्रभारी लम्सालले भन्नुभयो, “निरन्तरको योगाभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रोगको निदानमा समेत सहयोगी भूमिका खेल्छ ।”

डेढघण्टाको अवधिमा योगका विभिन्न आशन तथा चरणहरुका बारेमा प्रत्यक्षरुपमा अभ्यास गराउनाले क्वारेन्टिनमा बस्नेहरुमा सकारात्मक भाव देखिएको प्रशिक्षक पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य बासुदेब अधिकारीले बताए । बिहानको समयमा खुल्ला मैदानमा योग प्रशिक्षकहरुबाट योग सिक्दा मानसिक तनावहरु, शारीरिक पीडाहरु हराउँदै गएको अनुभव सहभागीहरुको थियो ।वालिङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा शुक्रबारसम्म १२ जना छन् । उनीहरु धेरैजसो भारतका विभिन्न स्थानबाट आएका हुन् । क्वारेन्टिनमा बसेकाहरु सबैको बिहीबार साँझ क्वारेन्टिनमै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाईएको र नतिजा आउन बाँकी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width