सीमामा अलपत्र परेका ५३ जना नेपालीलाई शनिबार नवलपुर ल्याइयो

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
IMG_20200523_092725 (1)

नवलपरासी, १० जेठ । नेपाल- भारत सीमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ५३ जनालाई गएराति नवलपुर ल्याइएको छ ।

स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति नवलपुर ल्याइएको हो भने बिहान थप पाँच जनालाई उद्दार गरिएको छ । उनीहरु अहिले कावासोतीको रिफ्रेस सेन्टरमा छन् । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको जनाइएको छ ।

कावासोती आसपास क्षेत्रकालाई भने कावासोती नगरपालिकाले सम्बन्धित पालिकामा लगेर छाडिदिएका छन् भने बौदीकाली र बुलिङ्गटारकालाई पनि सम्बन्धित गाउँपालिकामा लगेर छाड्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनीहरु अधिकांश भारतको उत्तर प्रदेश र मध्यप्रदेशबाट आएकाहरु छन् । ४२ जना मध्ये गैडाकोट नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोतीका ५ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, देवचुली नगरपालिकाका १ जना र ३ जना बुलिङटारका रहेका छन् भने बाँकी बौदीकाली गाउँपालिकाका हुन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width